Harsamaya
नवलपुरमा बाघको आक्रमणबाट घाँस काट्न गएका दिपेन्द्र घाइते
ग्राफिक्स: हर समय/Har Samaya

नवलपरासी - नवलपुरमा बाघको आक्रमणबाट एकजना घाइते भएका छन्।

घाइते हुनेमा नवलपुरको हुप्सेकोट गाउँपालिका १ बेलुवा बस्ने वर्ष ३८ को दिपेन्द्र शेर्पुन्जा रहेका छन्।

उनलाई बिहान करिब ६:५० बजे त्रिकोण सामुदायिक वनमा घाँस काट्ने क्रममा बाघले आक्रमण गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ। 

शेर्पुन्जाको दाहिने हातको पाखुरा,छातीको दाहिने भाग र ढाँडमा चोट लागेको छ। उनलाई आक्रमण गर्ने बाघ जंगलतर्फ गएको प्रहरीले जानकारी दिएको छ। 

घाइतेको मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको छ।

प्रकाशित मिति: शुक्रबार, असार २७, २०८२  १५:११
प्रतिक्रिया दिनुहोस्
Weather Update