Harsamaya
जलविद्युतमा लगानी अभिवृद्धिको लागि अनुकूल नीति लिएका छौं : अर्थमन्त्री
अर्थमन्त्री विष्णु पौडेल ।

काठमाडौं - अर्थमन्त्री विष्णु पौडेलले जलविद्युतको विकासमा निजी क्षेत्रको लगानी अभिवृद्धि गर्नको लागि अनुकूल नीतिहरू लिएर अघि बढेको बताएका छन् । 

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को आयोजना र पुरस्कार वितरण तथा बजेट र मौद्रिक नीति समन्वय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले बजेटमा ‘टेक एन्ड पे’को विषय धेरै चर्चामा रहेपनि फिर्ता लिएर राम्रो निर्णय गरेको धारणा राखे । 

उनले भने,‘बजेटमा टेक एन्ड पेको विषय धेरै चर्चामा रह्यो । समाचारको विषय बन्यो । क्रिया प्रतिक्रियाको विषय बन्यो । त्यो फिर्ता लिइसककेको छौं । नेपालमा जलस्रोतको फराकिलो सम्भावना छ । त्यो सम्भावनालाई अधिकतम सदुपयोग गरेर जलविद्युतको विकासका निजी क्षेत्रको लगानी अभिवृद्धि गर्नको लागि पक्कै पनि अनुकूल नीतिहरू लिएर अघि बढ्ने छौं । उत्पादन गरेको विद्युत कहाँ कसरी खपत हुन्छ भन्ने कुरामा लाग्नुपर्ने आवश्यक छ ।’ 

त्यस्तै उनले विद्युतको खपत बढाउनका लागि इभीको करलाई स्थिर राखिएको बताए ।

उनले भेन,‘विद्युतीय सवारीको सन्दर्भमा एउटा कोच तयार गरेको छौं । करका नीति र करका दरमा स्थिर नीति लिएको छौं । विश्वसनीय प्रवर्द्धनको पक्षमा छौं भन्ने हिसाबले अहिलेको बजेट प्रस्तुत भएको छ । यसले उत्साहित नै गरेको छ,’उनले भने

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले आर्थिक गतिविधि बढाउने गरी मौद्रिक नीति आउनुपर्ने भन्दै बजेट र मौद्रिक नीतिको समन्वय भएरै आउने विश्वास व्यक्त गरे । 

उनले बजेट स्प्रिटअनुसार कार्यान्वयन हुनुपर्ने बताउँदै उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगले दिएको सुझाव अनुसार ३० वटा कानुन परिवर्तन भइसकेको बताए । निजी क्षेत्रले दिने सुझाव व्यक्तिगत फाइदाको रूपमा लिने सोचले चाहिने भन्दा बढी कडाइ गर्दा आर्थिक क्षेत्र चलायमान हुन नसकेको उनको भनाई ।

प्रकाशित मिति: शुक्रबार, असार २७, २०८२  १३:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update