Harsamaya
सार्वजनिक लेखा समितिले पारित गर्यो २३औँ वार्षिक प्रतिवेदन
- प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठक ।

काठमाडौं - प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले आफ्नो २३औँ वार्षिक प्रतिवेदन सर्वसम्मतिका साथ पारित गरेको छ । बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले यो निर्णय गरेको हो ।

समितिले गरेका काम कारबाहीहरूको वार्षिक प्रतिवेदन सदनमा पेस गर्ने उद्देश्यले प्रतिवेदन पारित गरिएको समितिका सभापति ऋषिकेश पोखरेलले बताए ।

उनले भने, ‘समितिले गरेका काम कारबाहीहरूको वार्षिक प्रतिवेदन सदनमा पेस गर्ने उद्देश्यले २३औँ वार्षिक प्रतिवेदन सर्वसम्मतिका साथ पारित भएको छ । ३१ गतेको सदनमा २३ औँ प्रतिवेदन पेस गर्नेगरी सम्पूर्ण प्रतिवेदन सर्वसम्मतिका साथ पारित भयो ।’

प्रतिवेदनमा बेरुजु फर्छ्यौटका कामहरू तथा समितिले समसामयिक विषयहरूमा गरेका निर्णयहरू उल्लेख गरिएको छ । समितिको २३औँ वार्षिक प्रतिवेदन यही असार ३१ गते सदनमा पेस गर्ने तयारी रहेको छ ।
 

प्रकाशित मिति: बिहीबार, असार २६, २०८२  १७:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update