Harsamaya
मनिषा कोइरालाको टिप्पणी: ‘रवि लामिछाने माथि अन्याय भएको छ’
बलिउड अभिनेत्री मनीषा कोइराला ।

काठमाडौं - बलिउड अभिनेत्री मनीषा कोइरालाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने माथि अन्याय भएको टिप्पणी गरेकी छिन् ।

राजनीतिक प्रतिशोधले सभापति लामिछानेमाथि अन्याय भएको भन्दै रिहाइका लागि पहल गर्दै आएको रास्वपाले चलाएको हस्ताक्षर अभियानमा ऐक्यबद्धता जनाउन वनस्थलीस्थित कार्यालय पुगेकी अभिनेत्री कोइरालाले सो टिप्पणी गरेकी हुन् ।

‘आम नागरिकको नाताले रवि लामिछानेमाथि अन्याय भएको छ, यो सबैको बुझाइ रहेको छ, त्यसैको लागि म आएको हुँ,’ हस्ताक्षरपछि बाहिरिने क्रममा उनले छोटो प्रतिक्रिया दिँदैं भनिन् ।

यसअघि पनि दुई दर्जन कलाकार वनस्थलीस्थित घण्टी घरमा पुगेर रास्वपाले चलाएको हस्ताक्षर अभियानमा सहभागी भएका थिए ।
 

प्रकाशित मिति: बिहीबार, असार २६, २०८२  १३:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update