Harsamaya
२३ वटा कन्टेनर र ३५ वटा इभीमा क्षति, उतरगयामा पुरुषको खुट्टा भेटियो 
रसुवामा भोटेकोशीमा आएको बाढी।

काठमाडौं - रसुवामा भोटेकोशीमा आएको बाढीले २३ वटा कन्टेनरमा क्षति पुगेको छ । 

गएराति आएको बाढीमा परेर ३५ वटा इभी सवारीसाधन र ६ वटा सिनो ट्रकमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ । 

यस्तै रसुवा भन्सार कार्यालयको यार्ड सुख्खा बन्दरगाहमा भन्सार जाँचपासका लागि राखिएको केही थान मालवाहक कन्टेनर र विद्युतीय सवारी बगाएको प्रशासनले जनाएको छ। बाढीका फसेका ५० नेपाली, एक चिनियाँ र चार भारतीयको सुरक्षाकर्मीले उद्धार गरेका छन् । 

हालसम्म २० जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ६ चिनियाँ र १४ नेपाली रहेका छन् । यस्तै उतरगया गाउँपालिका-५ को खोला किनारमा पुरुषको दाहिने खुट्टा फेला परेको प्रशासनले जनाएको छ । यस्तै नेपाल र चीन नाका जोड्ने मितेरी पुल बगाएको छ भने चार्जिङ स्टेसनमा क्षति भएको जनाएको छ । 

त्यस्तै ७/८ वटा इभी गाडीहरू बगाएको, भन्सार कार्यालय रसुवाको यार्ड, रसुवागढी हाइड्रोपावरको ड्याममा क्षति भएको छ । हाल रसुवा गोसाईकुण्ड गाउँपालिका–५ पासाङल्हामु सडकखण्ड स्थितमा बाढीको कारण सडक चर्किन जाँदा धुन्चेदेखि टिमुरेसम्म जाने बाटो अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

Trishuli-Badi-1751984007.jpg

प्रकाशित मिति: मंगलबार, असार २४, २०८२  २०:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update