Harsamaya
रसुवा बाढीमा परेर सात जनाको मृत्यु, ५५ को उद्धार
रसुवा बाढी ।

काठमाडौं - तिब्बतमा आएको अविरल वर्षाको कारण रसुवागढीमा आएको बाढीमा परेर सात जनाको मृत्यु भएको छ । 

नेपाल प्रहरीले अहिलेसम्म ५५ जनाको उद्धार गरिएको र सात जना मृत फेला परेका जनाएको हो । बेपत्ता हुनेको संख्या १८ जना पुगेको प्रहरीले जनाएको छ । 

मंगलबार बिहान करिब ३ बजे तिब्बतमा परेको अविरल वर्षाको कारण भारी मात्रामा बाढी आइ रसुवाको गोसाईकुण्ड गाउँपालिका वडा नम्बर .२ स्थित रसुवागढीमा साढे ११ बजेसम्म तीन जना प्रहरी कर्मचारी, ६ जना चिनियाँ नागरिक र ९ जना सर्वसाधारण बेपत्ता रहेको नेपाल प्रहरीले जनाएको हो । 

गोसाईकुण्ड गाउँपालिका १, २ र ३,आमाछोदिङमो गाउँपालिका १, २, ४ र ५ उत्तरगया गाउँपालिका २,४,५ ,कालिका गाउँपालिका एक प्रभावित भएको प्रहरीले जनाएको छ । 

हालसम्म नेपाल र चीन नाका जोड्ने मितेरी पुल बगाएको छ भने चार्जिङ स्टेसनमा क्षति भएको जनाएको छ । त्यस्तै ७/८ वटा इभी गाडीहरू बगाएको, भन्सार कार्यालय रसुवाको यार्ड, रसुवागढी हाइड्रोपावरको ड्याममा क्षति भएको छ । 

हाल रसुवा गोसाईकुण्ड गाउँपालिका–५ पासाङल्हामु सडकखण्ड स्थितमा बाढीको कारण सडक चर्किन जाँदा धुन्चेदेखि टिमुरेसम्म जाने बाटो अवरुद्ध भएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, असार २४, २०८२  १६:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update