त्रिशुली बाढी अपडेटः तीन जलविद्युत आयोजनामा क्षति हुदाँ २०० मेगावाट भन्दा बढी विद्युत उत्पादन ठप्प

काठमाडौं - सोमबार रातिदेखि त्रिशुली नदीमा आएको बाढीका कारण तीन जलविद्युत आयोजनामा क्षति हुँदा करिब २०० मेगावाटभन्दा बढी विद्युत उत्पादन ठप्प भएको छ ।
१११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजना, २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत आयोजना र ६० मेगावाटको त्रिशुली ३ ‘ए’ जलविद्युत आयोजनामा क्षति पुगेको नेपाल विद्यूत प्राधिकरणका प्रवक्ता राजन ढकाले बताएका छन् ।
उनका अनुसार सबैभन्दा बढी क्षति रसुवाढी जलविद्युत आयोजनामा भएको छ । पूरानो त्रिशुली जलविद्युत आयोजनालगायत अन्य निजी क्षेत्रका आयोजनाहरुमा पनि क्षति पुगेको भन्ने छ,’ उनले भने । ‘थ्रि बि हब सबस्टेसन सबैभनदा बढी जोखिममा रहेको छ ।’
प्रकाशित मिति: मंगलबार, असार २४, २०८२ ११:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय