Harsamaya

एजेन्सी - दक्षिण–मध्य अमेरिकी राज्य टेक्सास शुक्रबार बिहान आएको भीषण बाढीबाट प्रभावित भएको छ ।  जसमा कम्तिमा ८२ जनाको मृत्यु भएको छ भने ४० भन्दा बढी बेपत्ता छन्।

यस क्षेत्रका २० प्रभावित काउन्टीहरूमध्ये सबैभन्दा बढी प्रभावित केर काउन्टीमा मात्र कम्तीमा ६८ जनाको मृत्यु भएको छ । जसमा २१ बालबालिका परेका छन् ।

स्थानीय बासिन्दा र अधिकारीहरू विनाशकारी बाढीको प्रभावसँग जुधिरहेका छन्, । प्रभावित क्षेत्रमा रूखहरू उखेलिएका, भग्नावशेष र हिलोले भरिएको देखिन्छ ।

सडक चिन्हहरू पूर्ण रूपमा मेटिएका छन् भने बाढीको तीव्र गतिले धेरै सवारी साधनहरू सडकको छेउमा अडिएका छन् । तिनीहरूका झ्यालहरू फुटेका छन् र फ्रेमहरू बङ्गिएका छन्।

घातक बाढीले यस क्षेत्रका धेरै घरहरूलाई क्षति पु¥याएको छ र प्रभावित क्षेत्रलाई घेरिएको छ । उद्धार र राहतका कार्यक्रमहरु जारी राखिएको छ ।(सीसीटीभीप्लस)

प्रकाशित मिति: सोमबार, असार २३, २०८२  २१:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update