Harsamaya
१५ लाख धरौटी बुझाउन नसकेपछि युनुस अन्सारी थुनामा
युनुस अन्सारी ।

काठमाडौं - नक्कली नोट कारोबारको आरोपमा पक्राउ परेका युनुस अन्सारी अदालतले मागेको १५ लाख धरौटी बुझाउन नसके पछि थुनामा गएका छन् ।

नक्कली नोट प्रकरणमा पक्राउ परेर छुट्ने बित्तिकै सम्पत्ति शुद्धीकरण सम्बन्धी अर्को कसुरमा पक्राउ परेका युनुस अन्सारीको हिजो बयान सकिए पछि सोमवार थुनछेक बहस भएको थियो । 

जिल्ला अदालत, काठमाडौंमा आइतबार दिनभर न्यायाधीश बलराम लम्सालको इजलासमा उनको बयान भए पनि थुनछेक बहसका लागि समय नपुगेपछि पुनः हिरासतमा फिर्ता पठाइएका उनलाई १५ लाख धरौटीमा छोडन अदालतले आदेश दिएको थियो । 

अन्सारीविरुद्ध स्रोत खुल्न नसकेको ९ करोड ९ लाख ५३ हजार ७०९ रुपैयाँ बिगो कायम गर्दै मुद्दा दायर गरिएको छ ।
 

प्रकाशित मिति: सोमबार, असार २३, २०८२  १९:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update