Harsamaya
गिट्टी कुट्दै गरेकी जानुको पहिरोले लियो ज्यान 
खत्याड गाउँपालिका—५ तारापानी भन्ने स्थानमा सडकमा गएको पहिरो ।

मुगु -  खत्याड गाउँपालिका—५ तारापानी भन्ने स्थानमा सडकको नाला निर्माणमा काम गर्ने क्रममा एक महिलाको पहिरोले ज्यान गएको छ ।

खात्याड गाउँपालिका—५ तारापानीको सडकको नाला निर्माणका लागि गिट्टी कुट्दै गरेकी सोही वडा कोटीला गाउँकी ३७ वर्षीया जानु बुढाको १० मिटर माथिबाट खसेको पहिरोले शुक्रबार बिहान अन्दाजी १०:५० बजे ज्यान गएको खत्याड गाउँपालिका विपद व्यवस्थापन शाखा प्रमुख कुल बहादुर शाहीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार घटना घटेको जानकारी पाउन साथ  इलाका प्रहरी कार्यालय रातापानी र माथीचौर प्रहरी चौकीबाट प्रहरी घटनास्थल गएका छन् ।

खत्याड गाउँपालिकाको आर्थिक र भिष्मराज कन्ट्रक्शन प्रालिले निर्माण जिम्मा पाएको १२ नम्बर ठेक्कामा पहिरोमा परी ज्यान गएकी बुढा केही दिन यताबाट नाला बनाउनका लागी चाहिने  गिट्टी कुट्ने काम गर्दै आएकी थिइन ।

गिट्टी कुटिरहेकै बेला बिहान १०ः५० बजे १० मिटर माथिबाट खसेको पहिरोले बुढाको ज्यान गएका भिष्मराज कन्ट्रकष्नका प्रोपाइटर लोकराज दाहालले जानकारी दिए 
 

प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२  १६:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update