राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं - संघीय संसदको राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १M१५ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ ।
आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘आर्थिक विधेयक, २०८२’ र राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ माथि दफावार छलफल गर्ने कार्यसूची छ ।
यसै गरी ती विधेयकलाई पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाउने सम्भावित कार्यसूची तय गरिएको छ ।
प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२ ०७:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय