Harsamaya
आजको राशिफल : कुन राशिका लागि आजको दिन कस्तो ?
सांकेतिक तस्वीर: हर समय/Har samaya

काठमाडौं - आज २०८२ असार २० गते शुक्रबार। आजको दिन तपाईँका लागि विशेष सन्देश बोकेर आएको छ ।  हेरौँ, तपाईँको आजको राशिमा के लेखिएको छ ? 

मेष : सामान्य कामबाट राम्रो लाभ हुनेछ ।  कोसिस गर्दा भाग्यले साथ दिनेछ । लगनशीलताले महत्त्वपूर्ण काम दिलाउन सक्छ। मान सम्मान पनि पाउनुहुनेछ । विभिन्न अवसरहरू प्राप्त हुनेछ । परिवारको सहयोग र मार्गदर्शनले महत्त्वपूर्ण कार्यहरूमा प्रगति प्राप्त हुनेछ।  मेहनत गर्दा अवसरको ढोका खोलिनेछ।

वृष : अध्ययन अध्यापनमा प्रगति हुनेछ। तपाईँको कडा परिश्रम र प्रयासको फलस्वरूप प्रतिष्ठा र सम्मान पनि प्राप्त हुनेछ। साथीभाइहरू बाट सहयोग मिल्नेछ । बोलीको प्रभावले धेरैलाई आकर्षित गर्नुका साथै सजिलै काम बनाउन सकिनेछ। रमाइलो यात्राको योग रहेको छ। पारिवारिक भेटघाट र सान्दर्भिकता तपाईँलाई आनन्द र प्रसन्नता दिनेछन्। यसले तपाईँको मानसिक स्थिति पनि सकारात्मक बनाउनेछ।

मिथुन : तपाईँको कामको उचित मूल्याङ्कन हुनेछ । विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ। दिगो फाइदा हुने काम सुरु गर्ने अवसर जुट्नेछ। परिवारको समर्थनले तपाईँलाई ठुलो काममा सफलता दिलाउनेछ । स्वास्थ्यमा सुधार आउनेछ । पारिवारिक भेटघाटमा मान रमाउने छ ।

कर्कट : आम्दानी सामान्य भए पनि ठुलै खाँचो टर्नेछ। खर्च भए पनि विभिन्न अवसर प्राप्त हुनेछ । रमाइलो यात्रा र नयाँ अनुभवहरूको अवसर प्राप्त हुनेछ ।  मन मिल्ने साथी भेट्नुका साथै प्रेमको सम्बन्ध अझ गहिरो र सशक्त बन्न सक्छ। केही कठिनाइहरू र अप्ठ्यारो स्थितिहरूको पनि सामना भने गर्नुपर्नेछ ।  

सिंह : केही खर्च लागे पनि तपाईँले आँटेको  काममा सफलता मिल्नेछ ।  नयाँ व्यवसाय सुरु गर्ने मौका छ। तपाईँलाई व्यवसायमा लगानी बढाउने मौका प्राप्त हुनेछ । महत्त्वपूर्ण काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। पारिवारिक भेटघाटले प्रसन्नता मिल्नेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने अवसर छ ।

कन्या : प्रयत्न गर्दा भाग्यले साथ दिनेछ। परिवारको सहयोगमा महत्त्वपूर्ण काममा सफलता मिल्नेछ। शत्रु परास्त हुनेछन् ।प्रतिस्पर्धीहरूलाई सजिलै नियन्त्रणमा ल्याउन सकिनेछ र सहयोगीहरूको साथले तपाईँलाई व्यवसायमा ठुलो फाइदा पुग्नेछ। व्यापार व्यवसायबाट प्रशस्त लाभ मिल्नेछ ।

तुला : यस समय तपाईँको क्षेत्रमा प्रभुत्व जमाउने बेला छ। रमाइलो यात्राको अवसर जुट्न सक्छ। अप्ठ्यारा कामको बोझ थपिने सम्भावना छ। विगतका कमी कमजोरीलाई पनि सुधार गर्ने मौका छ ।  मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिन सक्छ।

वृश्चिक : विगतमा भएका कमी कमजोरीलाई सुधार्नका लागि उपयुक्त समय छ। सुरुमा केही खर्च लागे पनि सोचेको काम बन्नेछ। व्यवसायमा लगानी बढाउने मौका छ ।  असन्तुलित खानपानले पेटको समस्या आउन सक्छ ।  व्यापार व्यवसायमा  राम्रो लाभ प्राप्त हुनेछ। धेरै पछिको साथी भाइसँगको भेटघाटले मनमा खुसी छाउनेछ ।

धनु : तपाईँको काममा सुधार आउनेछ र तपाईँले आँटेका कार्यहरू पुरा हुनेछन् ।  एउटै कामबाट दोहोरो लाभ प्राप्त हुनेछ । प्रशंसकहरू बढ्नेछन् र मान सम्मान समेत पाइनेछ। प्रतिस्पर्धीहरूलाई सजिलै वशमा ल्याउन शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । व्यापार व्यवसायबाट प्रशस्त लाभ मिल्नेछ ।

मकर : साथी भाइसँगको रमाइलो यात्रा हुनेछ । सामान्य कामबाट पनि राम्रो लाभ उठाउन सकिनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउने समय छ। पैतृक सम्पत्तिको उपयोगबाट थप फाइदा उठाउन सकिनेछ। प्रतिष्ठित कामको जिम्मेवारी पाइनेछ। तपाईँको लगनशीलताले महत्त्वपूर्ण कामहरूमा सफलता मिल्नेछ । मान सम्मान र प्रतिष्ठा प्राप्त हुनेछ।

 कुम्भ : अध्ययन र शिक्षामा प्रगति हुनेछ ।  तपाईँको बोली र शब्दको प्रभावले धेरैलाई आकर्षित गर्नेछ भने कामलाई सजिलै सम्पन्न गर्न मद्दत पुर्‍याउनेछ। विगतका कमजोरी सच्याउने मौका मिल्नेछ। व्यापार व्यवसायबाट लाभ मिल्नेछ। रमाइलो यात्राको योग पनि देखिन्छ।

मीन : व्यापार व्यवसायमा प्रशस्त फाइदा हुने योग रहेको छ । परिवारको सहयोगबाट विशेष फाइदा उठाउन सकिनेछ । काममा सुधार आउनुका साथै आस मारेको काम बन्नाले उत्साहित भइनेछ। समुदायको हितमा गरिएका कामको तारिफ हुनेछ । साथी भाइसँग रमाइलोमा समय बित्नेछ । व्यस्तता बढ्नेछ र शरीरमा कमजोरी अनुभूति हुनेछ। स्वास्थ्यका लागि आहार बिहारमा सजग रहनुहोला।

प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२  ०५:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update