Harsamaya
जनकपुरधाममा छुरा प्रहार गरी मेयर साहका काकाको हत्या
जनकपुरधाम उपमहननगरपालिकाका मेयर मनोज कुमार साहका काकाको छुरा प्रहार गरी हत्या ।

जनकपुर - जनकपुरधाम उपमहननगरपालिकाका मेयर मनोज कुमार साहका काकाको छुरा प्रहार गरी हत्या भएको छ। जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १५ रामपुर निवासी अन्दाजी ७५ वर्षिय बासुदेव प्रसाद विमलको छुरा प्रहार गरी हत्या गरिएको छ ।

आज बिहान बासुदेवलाई उनको आफ्नै ज्वाइँ वडा नम्बर २१ कुर्था निवासी बेचन महासेठ छुरा प्रहार गरी भागेको आफन्तले जनाएका छन् ।  उनी दुबैबिच घरायसी विवाद रहेको घटनास्थलमा रहेका प्रत्यक्षदर्शी उनका आफ्न्तहरुले बताए ।

छुरा प्रहारबाट घाइते भएका बासुदेवको अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । आरोपित भनिएका बेचन फरार भएका छन । जिल्ला प्रहरी कार्यायल धनुषाका अनुसार घटनाको सूक्ष्म रूपमा अनुसन्धान सुरु गरिएको छ भने, आरोपित भनिएका बेचनको पनि खोजी सुरु गरिएको छ ।

प्रकाशित मिति: बुधबार, असार १८, २०८२  १५:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update