कांग्रेस कार्यालय सानेपामा तरुण नेताले सुरु गरे आमरण अनशन

काठमाडौं - नेपाली कांग्रेसको भातृ संगठन तरुण दलको महाधिवेशन माग गर्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा आमरण अनशन सुरु भएको छ ।
तरुण दलका केन्द्रीय सदस्य रोजन राई र अम्बिका बाँस्कोटा आइतबारदेखि अनशनमा बसेका हुन् । उनीहरुले ६ बुँदे माग राख्दै पार्टी कार्यालयको मुल ढोकामै अनशन सुरु गरेका हुन् ।
यसअघि अध्यक्ष विद्वान गुरुङविरुद्ध मोटरसाइकल र्याली र पार्टी कार्यालय सानेपामा नाराबाजी समेत गरेका थिए ।
अनशनकारीहरुले विद्वान गुरुङको नेतृत्वमा रहेको तदर्थ समिति भंग गर्नुपर्ने मुख्य माघ राखेका छन् । २०७३ सालमा पोखरामा तरुण दलको महाधिवेशन भएपछि अर्को महाधिवेशन हुन सकेको छैन ।
प्रकाशित मिति: आइतबार, असार १५, २०८२ १४:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय