
काठमाडौं - आज २०८२ असार १५ गते। आजको दिन विभिन्न राशिहरूका लागि नयाँ अवसर, चुनौती, र उपलब्धिले भरिएको छ। स्वास्थ्य, व्यापार, प्रेम सम्बन्ध, र पारिवारिक जीवनमा विशेष प्रभाव पर्ने ग्रहदशाका आधारमा तपाईँको भाग्य कस्तो रहनेछ? हेरौँ आजको राशिफलमा ।
मेष : रमाइलो यात्राको योग रहेको छ । रमाइलो भेटघाटमा मन रमाउनेछ । प्रेममा सफलता मिल्नेछ । धेरैले सहयोग गर्ने तत्परता देखाउनेछन् । स्वास्थ्यमा सुधार आउनेछ । रोकिएका कामहरू सुचारु हुनेछन् । आफ्नो परिवारलाई उचित समय दिनुहोस्।
वृष : श्रमको उचित मूल्याङ्कन हुनेछ । नयाँ ज्ञान प्राप्त हुने योग रहेको छ । पढाइ लेखाइमा प्रगति हुनेछ । सानै प्रयासले काममा सफलता मिल्नेछ । प्रयासहरू सकारात्मक रहनेछन् । सामाजिक काममा व्यस्त रहनुपर्नेछ । आयआर्जन बढ्ने समय छ ।
मिथुन : सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ । परिवार र आफन्तको सहयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ । व्यापार व्यवसायमा फाइदा हुनेछ । पारिवारिक सद्भाव बढ्नेछ । अचल सम्पत्तिको कारोबार बढ्नेछ । रोकिएका अधुरा कामहरू बन्नेछन् तपाईँको मनले राम्रा कुराहरू सुन्नेछ। ब
कर्कट : समाजमा मान सम्मान र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । दाम्पत्य जीवन सुखमय रहनेछ । स्वास्थ्यमा सुधार आउनेछ । साथीभाइको सहयोगले महत्त्वपूर्ण काममा सफलता मिल्नेछ । आफ्नो सन्तानको लागि योजना बनाउने उत्कृष्ट दिन।
सिंह : साथीभाइको सहयोगले महत्त्वपूर्ण कामहरू सफल हुनेछन् । व्यावसायिक काममा खर्च बढ्नेछ । रोजगारीको नयाँ अवसर मिल्नेछ । कूटनीतिक कार्यहरू सफल हुनेछन् । अध्ययन अध्यापनमा सफलता मिल्नेछ । मन प्रसन्न रहनेछ । हिम्मतले काम लिन सकिनेछ । गालीबाट बच्नको लागि आज्ञाकारी हुनु उचित छ।
कन्या : पढाई लेखाइमा प्रगति हुनेछ । आस मारेको कामले उत्साह जगाउनेछ । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक सङ्केतहरू प्राप्त हुनेछन् । उत्साह र स्फूर्ति बढ्नेछ । सामाजिक कामहरू सफल हुनेछन् । ठुला व्यक्तिको सहयोगले काम गर्ने आत्मविश्वास बढ्नेछ । मनोवैज्ञानिक डरले तपाईँलाई त्रसित गराउन सक्छ।
तुला : काममा विभिन्न अवसर पाइनेछ । समयमा सही निर्णय लिन सक्ने क्षमताले अगाडी बढ्न मद्दत पुग्नेछ । सोचेको आटेको काममा सफलता मिल्नेछ । रमाइलो यात्राको योग रहेको छ । साथीभाइसँग भेटघाटमा मन खुसी रहनेछ । अरूले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन् ।
वृश्चिक : रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । धार्मिक र सामाजिक काममा मन जानेछ । व्यापार व्यवसायमा अवरोध उत्पन्न हुन सक्ने देखिन्छ । मेहनत गरे कामहरू सफल हुनेछन् । यात्राको योग रहेको छ ।
धनु : व्यापार व्यवसायमा प्रशस्त फाइदा हुने योग रहेको छ । परिवारको सहयोगबाट विशेष फाइदा उठाउन सकिनेछ । साथीभाइसँग रमाइलोमा समय बित्नेछ । सामाजिक कार्यमा तत्परता रहनेछ । वैदेशिक यात्रा हुने देखिन्छ । स्वास्थ्यमा सुधार आउनेछ । परोपकारी काममा रुचि बढ्नेछ ।
मकर : काममा परिवारको सहयोग प्राप्त हुनेछ । सामाजिक मान सम्मान र प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम लिन सकिने छ । आफैलाई आशावादी हुन उत्प्रेरित गर्नुहोस्। अध्ययन अध्यापनमा सुधार आउनेछ। मनोरञ्जनमा मन जानेछ । वैदेशिक कार्यहरू बन्नेछन् । जागिरमा पदोन्नतिको योग रहेको छ ।
कुम्भ : आफ्नो क्षेत्रको नेतृत्व गर्दै विदेश जाने योग रहेको छ । अरूकै कामको जिम्मेवारी समेत बढिरहनेछ । शत्रुहरू पराजित हुनेछन् । धार्मिक र सामाजिक काममा रुचि बढ्नेछ । काम गर्ने हौसला, उत्साह र आत्मविश्वास बढ्नेछ । काममा सजिलै सफलता मिल्नेछ । स्वास्थ्यको लागि केही हेरविचार आवश्यक छ।
मीन : आफन्तको सहयोगले महत्त्वपूर्ण कामको थालनी हुनेछ । प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । रोकिएका अधुरा कामहरू सुचारु हुनेछन् । बिछोडिएका मित्रसँग भेट हुनेछ । मनमा हर्ष बढ्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । तपाईँले परिस्थितिलाई जित्नु भयो भने पिर हराउनेछ।