Harsamaya

काठमाडौं - नेकपा एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डेले पार्टी अध्यक्ष माधव कुमार नेपाललाई पार्टीभित्रको जिम्मेवारीबाट हटाउने नहटाउने कुरा पार्टीको विधान अनुसार हुने बताएका छन् ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकपश्चात् उनले अध्यक्षको सांसद पद निलम्बन हुनु कानुनी व्यवस्था भएको भन्दै यसलाई जोडेर पार्टीभित्रको जिम्मेवारीबाट पनि निलम्बन गर्नुपर्छ भन्ने कुरा नमिल्ने बताए । 

उनले भने, ‘यस्तो मुद्दा राजनीतिकर्मीहरूलाई आइराख्छ । त्यस कारण मुद्दा एउटा ठाउँमा होला, संसदीय फाँटको काम एउटा ठाउँमा हुन्छ । पार्टीको कामको फाँट प्रक्रिया अर्को ठाउँमा हुन्छ । त्यस कारण मुद्दा लागिसकेपछि सांसद पद स्वतः निलम्बन भएको छ । त्यो कानुनी व्यवस्था हो । तर यसलाई जोडेर पार्टीभित्रको जिम्मेवारीलाई पनि त्यसैगरी निलम्बन गर्नुपर्छ भन्ने कुरा रहँदैन । पार्टी पद्धति, विधान जस्तो छ त्यही हिसाबले अगाडि बढ्ने हो ।’

यस्तै, उनले आजको समय विचारहरू राख्ने र जिल्ला, प्रदेशको रिपोर्टिङमै गएको भन्दै भोलिको बैठकले निर्णय निकाल्न सक्ने बताए । 

प्रकाशित मिति: शनिबार, असार १४, २०८२  १५:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update