
सिन्धुपाल्चोक -इन्द्रावती गाउँपालिका वडा नम्बर ४ को आर्थिक सहयोगमा वडा भित्रका विपन्न परिवारका ७० जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ।
सहयोग स्वरूप श्री जुगे पञ्चकन्या आधारभूत विद्यालयका १०, टाकुरे आधारभूत विद्यालयका १०, भिमसेन आधारभूत विद्यालयका १०, जलेश्वर आधारभूत विद्यालयका १२ तथा नवलपुर माध्यमिक विद्यालयका २८ जना गरी कुल ७० जना विद्यार्थीलाई कपी, कलम, सिसाकलम, ज्यामिति बक्स, स्केल, कटरलगायतका सामग्री प्रदान गरिएको हो।
वडाध्यक्ष क्षेत्र बहादुर तामाङले “शिक्षामा सबैको पहुँच र समान अवसर सुनिश्चित गर्न” यो कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए। साथै, उनले आगामी वर्षहरूमा पनि यो कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
सामग्री वितरणपछि विद्यार्थी, अभिभावक तथा विद्यालय परिवारले वडाको प्रयासप्रति आभार प्रकट गरेका छन्।
जुगे पञ्चकन्या आधारभूत विद्यालयका प्रधानाध्यापक विनोद तामाङले शैक्षिक सामग्रीले विद्यार्थीहरूलाई विद्यालयमा नियमित गराउने र पठनपाठनमा सहजता ल्याउने विश्वास व्यक्त गरे।