Harsamaya
इरानले युद्ध पछिको घाटाबाट उठ्न तेल बेच्नु आवश्यक : राष्ट्रपति ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ।

अमेरिका - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले युद्ध पछिको घाटाबाट उठ्न तेल बेच्नु आवश्यक रहेको बताएका छन् । बुधबार नेदरल्याण्ड्समा भएको नेटो शिखर सम्मेलनमा उनले इरानले युद्ध पछिको घाटाबाट उठ्न तेल बेच्नु आवश्यक रहेको भन्दै चीनले इरानबाट तेल किन्न चाहन्छ भने आफूहरूलाई कुनै समस्या नरहेको बताएका हुन् ।

उनले भने,‘इरानले इजरायलसँगको युद्धमा बहादुरी देखाएको छ । तिनीहरूले तेलको व्यापार गर्छन्। म चाहे भने यसलाई रोक्न सक्छु, तर म त्यसो गर्न चाहन्न। यदि चीनले इरानबाट तेल किन्न चाहन्छ भने हामीलाई कुनै समस्या छैन । इरान र अमेरिकाबिच अर्को हप्ता वार्ता हुनेछ।’

राष्ट्रपति  ट्रम्पले नाटोले सुरक्षा खर्च पाँच प्रतिशतले बढाउनुलाई ठुलो जितको रूपमा व्याख्या समेत गरेका छन्। ट्रम्पले लगातार एक महिनादेखि दिएको दबाबका कारण नाटोका नेता सन् २०४६ देखि लागु हुने गरी सुरक्षा खर्चमा पाँच प्रतिशतले वृद्धि गर्ने कुरामा सहमत भएका हुन्।

प्रकाशित मिति: बिहीबार, असार १२, २०८२  ०८:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update