Harsamaya
भिजिट भिसा प्रकरणमा सरकार मौन बस्नु लाचारीपनको संकेत हो : सांसद नेपाली
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद शिव नेपाली ।

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद शिव नेपालीले भिजिट भिसा प्रकरण जस्तो गम्भीर विषयमा सरकार मौन बसेर लाचारीपनको संकेत दिएको आरोप लगाएका छन् ।

आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले मानव तस्करहरूलाई उन्मुक्ति दिने काम गरिरहेको भन्दै आपराधिक गिरोहसँग सरकारको कुनै साँठगाँठ त छैन भन्दै आशंका व्यक्त गरे । 

‘सरकारहरू फेरिन्छन् । मन्त्रीहरू फेरिन्छन् । तर मानव तस्करहरू सधैँ उन्मुक्त किन हुन्छन् ? यो प्रश्न हाम्रो अगाडि गम्भीर रूपमा उभिएको छ । भिजिट भिसा प्रकरण अपराध मात्र होइन । मानवताको घोर अपमान हो । दुःखको कुरा अपराधीलाई कारबाही गर्नुको सट्टा  राज्यले बचाउन खोजिरहेको छ । यस्तो गम्भीर विषयमा पनि दुई ठुला दल किन मौन छन् ? यो सरकारको आपराधिक गिरोहसँग कुनै साँठगाँठ त छैन । कि यो तपाईँहरूको लाचारीपनको संकेत हो,’ उनले सरकारलाई पश्न गरे ।

प्रकाशित मिति: सोमबार, असार ९, २०८२  १२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update