Harsamaya
देशभर मनसुनी वायुको प्रभाव , यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
सांकेतिक तस्वीर: हर समय/ Har samaya

काठमाडौं - हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सिन्धुपाल्चोक जिल्लाको थोरै स्थानहरूमा मेघगर्जन र  चट्याङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । साथै कोशी प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश र गण्डकी प्रदेशका अन्य थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा समेत हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागको धेरै स्थानहरूमा तथा बाँकी भू-भागको केही स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका पहाडी भू-भाग, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशका उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरू हल्का वर्षा र  हिमपातको सम्भावना रहेको छ।

महाशाखाका अनुसार आज राती देशभर आंशिक देखि साधरणतया बदली रहनेछ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश प्रदेशका धेरै स्थानहरू र बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। महाशाखाले कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षा तथा गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जनाएको  छ । देशका उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा र  हिमपातको सम्भावना रहेको छ।

 

प्रकाशित मिति: आइतबार, असार ८, २०८२  ०७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update