 
                                                            काठमाडौं - आज २०८२ असार ८ गते आइतबार। आज कुनै राशिका लागि सफलता सुनिश्चित छ त कसलाई सतर्क रहन आवश्यक छ? व्यापार–व्यवसायमा लाभ हुने, वैदेशिक यात्रा सम्भावना रहने, प्रेम सम्बन्धमा उतारचढाव आउने जस्ता विभिन्न भविष्यवाणी गरिएका छन्। हेर्नुहोस् तपाईँको राशिफल:
मेष : घरायसी समस्या बढ्नेछ। अरूको विश्वास घट्नेछ। पढाई लेखाइमा प्रगति हुनेछ । व्यापार व्यवसायबाट लाभ मिल्नेछ । वैदेशिक यात्रा हुनसक्छ। तपाईँले प्रशंसा गरेर अरू मान्छेहरूको सफलताको आनन्द पाउने सम्भावना छ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बिच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ।
वृष : व्यावसायिक अल्झन देखा पर्ला । कार्यमा उत्साह बढ्नेछ। प्राविधिक क्षेत्र सबल बन्नेछ । कला क्षेत्रमा सुधार आउनेछ। कार्यस्थलमा वरिष्ठबाट दबाब र घरमा कलहले केही तनाव ल्याउन सक्छ । अपरिचित व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ। खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला। शुभचिन्तकहरूलाई बेवास्ता गर्नाले पनि दुःख पाइनेछ।
मिथुन : रोकिएका अधुरा कामहरू पूरा हुनेछन् । साहित्यिक क्षेत्रमा प्रगति हुनेछ । अनावश्यक चिन्ता बढ्नेछ। मनग्य आम्दानी हुनेछ । कसैले तपाईँलाई एउटा अचानु बनाउने प्रयास गर्न सक्छ, ध्यान दिनुहोस्। तारिफयोग्य काम गर्दै मनग्य धन आर्जन गर्न सकिनेछ। दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। थोरै लगानीबाट मनग्गे नाफा उठाउन सकिनेछ।
कर्कट : सुख दुखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन्। रोकिएको काम बन्नाले उत्साह जाग्नेछ। लगनशीलताले अप्ठ्यारा समस्या सुल्झाउँदै सामाजिक प्रतिष्ठा दिलाउनेछ। आफ्नो उँचो ऊर्जा आज सदुपयोगको लागि खर्च गर्ने प्रयास गर्नुहोस्। सामाजिक काम गर्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।
सिंह : आँटेका काम बन्नाले जोश जाँगर बढ्नेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्दै विशेष अवसर हात पार्न सकिनेछ। अरूका लागि रकम र बुद्धि खर्चनुपर्ला। आंशिक फाइदा भए पनि चिताएको काम पूरा गर्न समय लाग्नेछ। समयअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ। केही बाध्यात्मक परिस्थितिले अलमल्याए पनि भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ।
कन्या : प्रतिभा प्रदर्शन गरेरै धेरैलाई अचम्मित पार्न सकिनेछ। व्यापार व्यवसायबाट प्रशस्त लाभ मिल्नेछ भने रचनात्मक कामले आम्दानीको दिगो स्रोत जुट्न सक्छ। जटिल काममा पनि प्रयास गर्दा सकारात्मक सङ्केत प्राप्त हुनेछ। गोप्य रहस्य पत्ता लाग्नेछ भने मिहिनेत गर्दा नसोचेको धन लाभ हुन सक्छ। अप्ठ्यारो परिस्थितिमा पनि केही काम सम्पादन हुनेछन्।
तुला : रोकिएका अधुरा कामहरू पूरा हुनेछन् भने नयाँ काम सुरु गर्ने योग रहेको छ । शैक्षिक लगानी बढ्नेछ। मनग्य धन आर्जन हुनेछ । तपाईँको तेज कार्यले तपाईँलाई उत्प्रेरित गर्नेछ। पाहुनाको रूपमा सत्कार प्राप्त हुनेछ। परिवारजनको साथले नयाँ कामतर्फ आकर्षित भइनेछ। रमाइलो यात्राको योग रहेको छ । वादविवादबाट टाढा रहनु उचित हुनेछ।
वृश्चिक : घरायसी काममा रुचि बढ्नेछ । अरूको विश्वास सजिलै जित्न सकिनेछ ।मन प्रसन्न रहनेछ । अध्ययन अध्यापनमा आंशिक सुधार आउनेछ। पहिलेका दुस्मनहरूले समेत मित्रताका हात अघि बढाउनेछन्। स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ।
धनु : धार्मिक कार्यमा रुचि बढ्नेछ । सिर्जनात्मक कार्य हुनेछन्। मानसिक चिन्तन एवं पराक्रम बढ्नेछ । परोपकारी काममा समय बित्नेछ । अवसर र व्यवधानका बिचबाट कर्मयोग अघि बढ्नेछ। समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला। धैर्य एवं लगनशीलताले उपलब्धि दिलाउनेछ। व्यवसायमा फाइदा हुनेछ। स्वास्थ्य कमजोर रहनाले अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ। सन्तानको साथले उत्साह जगाउनेछ।
मकर : आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। टाढिएका साथीभाइ नजिकिनाले सुख दुखमा साथ दिनेहरू भेटिनेछन्। काममा विभिन्न अवसर पाइनेछ। निर्णय लिएर पनि परिस्थितिअनुसार चल्न नसक्ता पछि परिनेछ। मनोरञ्जनका लागि समय र धन खर्च हुन सक्छ। साझेदारीमा समस्या आउनाले सम्झौता भंग हुन सक्छ। बेसुरमा आश्वासन दिने बानीले पनि दुःख पाइनेछ।
कुम्भ : फाइदा हुने काम प्राप्त हुन सक्छ। पारिवारिक भेटघाटले मन प्रफुल्लित हुनेछ। आँट गर्दा जटिल काम समेत सफल हुन सक्छ। नयाँ काम सुरु गर्ने अवसर जुट्नेछ । चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ। लगानी गर्दा व्यवसायमा मनग्गे धन लाभ हुनेछ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्।
मीन : अध्ययन अध्यापनमा प्रगति हुनेछ। प्रयत्न गर्दा विदेश यात्राको अवसर जुट्न सक्छ। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। आफ्ना जोडीका स्वास्थ्यको उचित हेरचाह आवश्यक छ। नियमित काममा साबिकजस्तै फाइदा भइरहनेछ। अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ। विवादास्पद कामको जिम्मेवारी आउनाले केही समस्यामा परिनेछ।


 
                                                 
                                                ![जेनजी विद्रोह राजनीतिक कारण मात्र नभइ कर्मचारी प्रशासनको कमजोरी पनि हो : महासचिव प्रकाश राई [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/350X220/prakasha-rai-1761838689.jpg) 
                                                 
                                                 
                     
                     
                     
                     
                     
                    