Harsamaya
‘माग एव मुद्दाको टुंगो नलाग्दासम्म आन्दोलन कायम रहन्छ’
सांसद शिशिर खनाल ।

काठमाडौं - कार्यक्रममा रास्वपाकै अर्का सांसद शिशिर खनालले अहिले दुईवटा राजनीतिक दलहरूले गम्भीर विषय उठाउँदा पनि संसद संचालन गरिएकोमा आपत्ति जनाएका छन् ।

शनिबार रास्वपाको तेस्रो स्थापना दिवसका अवसरमा बोल्दै उनले आफूहरूले उठाएका माग एवं मुद्दाको टुंगो नलाग्दासम्म आन्दोलन कायम रहने दाबी गरे ।

उनले मानव तस्करीको मुद्दालाई न्यायोचित ढंगमा पुर्याउने बताए । उनले पार्टीको पाँच सय बढी पालिकामा समिति निर्माण गरेको जानकारी दिँदै संगठन विस्तारमा क्रियाशील रहेको जानकारी दिए । 

‘यो छोटो अवधिमा एउटा उपलब्धिपूर्ण र साथसाथै धेरै उत्तारचढाव पूर्ण यात्रा गरेका छौं । कुनै कालखण्डमा सरकारमा पनि सामेल भयौं । हामी संसदमा एकदमै सशक्त ढंगले प्रस्तुत हुने तयारीमा लागेका छौं,’उनले भने । 
 

प्रकाशित मिति: शनिबार, असार ७, २०८२  १३:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update