Harsamaya
रास्वपा र राप्रपाका सांसदहरूले सदन छाडे 
प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो विरोध कायमै राख्दै बैठकबाट बाहिर निस्किए ।

काठमाडौं - प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो विरोध कायमै राख्दै बैठकबाट बाहिर निस्किएका छन् । 

शुक्रबार बैठक सुरु हुने बित्तिकै रास्वपा र राप्रपाले विरोध जनाएका थिए तर सभामुखले विरोधका बाबजुत बैठक अगाडि बढाएपछि उनीहरू बाहिर निस्किएका हुन् । 

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग र छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोग गठन हुनुपर्ने माग गर्दै उनीहरूले लगातार विरोध गर्दै आएका छन् । 

रास्वपा र राप्रपाले जेठ १३ गतेदेखि प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्दै आएका छन् । यद्यपि सभामुख घिमिरेले विरोधका बीच बैठकलाई अगाडि बढाइरहेका छन् ।
 

प्रकाशित मिति: शुक्रबार, असार ६, २०८२  १२:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update