Harsamaya
कुटपिट तथा हत्या आरोपी चार जना सार्वजनिक
कलैया उपमाहनगरपालिका वडा १४ बघवन गाउँका वर्ष २८ का दिगम्बर साह कलवार,सोही ठाउँका उमेश जैसवालको श्रीमती वर्ष ३८ की रन्जु जैसवाल, उनको छोराहरू वर्ष २० का सुमित जैसवाल र वर्ष १८ का सुजित कुमार जैसवाल ।

रौतहट - बारामा  एकजनालाई कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेकव छ । 

कलैया नगरपालिका १४ बघवनका ५० वर्षाीय नन्दु राउत कुर्मीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

कुटपिट तथा हत्याका आरोपीहरू कलैया उपमाहनगरपालिका वडा १४ बघवन गाउँका वर्ष २८ का दिगम्बर साह कलवार,सोही ठाउँका उमेश जैसवालको श्रीमती वर्ष ३८ की रन्जु जैसवाल, उनको छोराहरू वर्ष २० का सुमित जैसवाल र वर्ष १८ का सुजित कुमार जैसवाल रहेको बारा प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले बताएका छन्। 

उनीहरू माथि ज्यानसम्बन्धी कसूर मुद्दा दायर गरी थप अनुसन्धान भइरहेको प्रवक्ता पण्डितले जानकारी दिएका छन्।

घटनाको विवरण अनुसार जेठ २९ गते बेलुका सावा ६ बजे कुर्मीलाई पुरानो रिसिवीको कारण सोही ठाउँका वर्ष ४० का उमेश जैसवालसमेत गरी ६ जना व्यक्तिहरूले मिलि मरणासन्न हुने गरी कुटपिट गरी घाइते बनाएका थिए । 

उपचारको लागि प्रादेशिक अस्पताल कलैयामा चिकित्सकले चेकजाँच गर्दा निज कुर्मीको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाबारे जिल्ला प्रहरी कार्यालय बारालाई जानकारी प्राप्‍त हुनासाथ तत्काल घटनास्थलमा पुगी प्रारम्भिक अनुसन्धान पश्चात् प्रहरीले वर्ष २८ का दिगम्बर साह कलवारलाई पक्राउ गरेको थियो।

कलवार माथि सोही दिन पक्राउ गरी ज्यान सम्बन्धी कसूर मुद्दामा बारा जिल्ला अदालतबाट सात दिन म्याद लिई अनुसन्धान अगाडी बढाइएको र फरार व्यक्तिहरूलाई इन्स्पेक्टर खेम प्रसाद नेपाल नेतृत्वको टोलीले खोजतलास सुरु गरेको थियो।

विशेष प्रहरी टोलीले कलैया ५ स्थित सागर लामिछानेको घरमा लुकीछिपी बस्दै गरेको अवस्थामा महिला १ जना र वीरगंज महानगरपालिका १ शान्ति टोलस्थित बसिर मियाँको घरमा लुकीछिपी बस्दै गरेका दुई पुरूषलाई आज पक्राउ गरेको प्रहरीले जनाएको छ।

ज्यान मुद्दा शीर्षकमा म्याद मिलान गरी थप अनुसन्धान भइरहेको र अन्य फरार आरोपितहरूको खोज तलास भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, असार ५, २०८२  १४:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update