Harsamaya
बैंकिङ कसूर मुद्दामा श्यामकुमार र अस्मिता पक्राउ
सांकेतिक तस्वीर।

काठमाडौं - बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा चन्द्रागिरी नगरपालिका–१४ घर भएका ६१ वर्षीय श्याम कुमार कार्की र काठमाडौं महानगरपालिका–१६ बस्ने नुवाकोट विदुर नगरपालिका-७ घर भएका ३४ वर्षीया अस्मिता तामाङ रहेका छन् । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जिल्ला अदालत काठमाडौंबाट २०८१ चैत १ गते उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका श्यामकुमारलाई काठमाडौं महानगरपालिका–१४ खसीबजारबाट पक्राउ गरेको हो ।

साथै, सोही मुद्दामा जिल्ला अदालत काठमाडौंबाट गत वैशाख ३१ गते पक्राउ अनुमति प्राप्त भई फरार रहेकी अस्मितालाई काठमाडौं महानगरपालिका –१६ बाट प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ मध्ये श्याम कुमारलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं र अस्मितालाई प्रहरी वृत्त महाराजगंज पठाइएको छ 

प्रकाशित मिति: बुधबार, असार ४, २०८२  १५:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update