सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा बुधबार तोलामा ९ सय रुपैयाँले सुनको मूल्यमा वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला एक लाख ९५ हजार रुपैयाँमा कारोबार भएको सुन आज एक लाख ९५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ६५ रुपैयाँले बृद्धि भई २ हजार २ सय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, असार ४, २०८२ ११:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय