रास्वपा र राप्रपाले अवरुद्ध गरे संसद बैठक, नाराबाजीबिच बैठक जारी

काठमाडौं - गृहमन्त्री रमेश लेखकमाथि छानबिनको माग गर्दै रास्वपाले आज पनि प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिनको माग गर्दै आज पनि सदन अवरोध जारी राखेको हो ।
तर सभामुख देवराज घिमिरेले आजपनि अवरोधकैबिच बैठक अघि बढाएका छन् । हिजो पनि रास्वपाको नाराबाजी र राप्रपाको बहिष्कारपछि सभामुखले बैठक अघि बढाएका थिए ।
बैठकअघि सभामुखले राखेको छलफलमा कुनै सहमति हुन सकेन । आज पनि राप्रपाले बैठक बहिष्कार गरेको छ भने रास्वपा वेल घेराउमा आएको छ । आज रास्वपा बाट सन्तोष परियार र राप्रपाबाट राजेन्द्र लिङ्देनले बोलेका थिए ।
प्रकाशित मिति: सोमबार, असार २, २०८२ १३:०२
प्रतिक्रिया दिनुहोस्