आज दुई वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं - संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र संसदीय सुनुवाइ समिति बैठक आज बस्ने भएको छ ।
शनिबार बिहान ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयक,२०८० को सम्बन्धमा उपसमितिको प्रतिवेदन माथि छलफल गरिदैछ ।
यसैगरी दिनको २ बजे बस्ने संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ । उपसचिव सावित्रा शर्माका अनुसार आजको बैठकमा सर्वोच्च अदालतका न्यायाधिश र न्याय परिषद्को सदस्यको संसदीय सुनुवाइ प्रारम्भ गरिनेछ ।
प्रकाशित मिति: शनिबार, जेठ ३१, २०८२ ०७:३४
प्रतिक्रिया दिनुहोस्