
काठमाडौं - हाल काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । यतिबेला काठमाडौं उपत्यकाका अधिकांश स्थानमा वर्षा भइरहेको हो ।
देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव र कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसमविद्हरुका अनुसार पश्चिमतिरबाट वर्षा गराउने प्रणाली आइरहेकाले केही समय अझै एक दुई घन्टा पानी पर्ने महाशाखाले जनाएको छ । साढे ११ बजेसम्म काठमाडौंमा चार मिलिमिटर वर्षा भएको जनाइएको छ ।
मौसमविद्हरुले अब वर्षासँगै छिट्टै देशभर मनसुनी वायु सक्रिय हुने बताएका छन् । हाल मनसुन भित्रिएपनि सधैँ सक्रिय नहुने उनीहरूको भनाई छ । यस्तै,जल तथा मौसम विभागकी प्रवक्ता विभूति पोखरेलले मनसुन भित्रिसके पनि सधैँ सक्रिय नहुने प्रतिक्रिया दिइन् ।
‘यतिबेलाको मौसमको कुरा गर्दा मनसुन पूर्वी भूभागबाट भित्रिसकेको छ । तर मुलुकको मध्य र पश्चिम एवम सुदूरपश्चिमतिर मनसुन सक्रिय हुने क्रममा छ ।’