Harsamaya
अनेरास्ववियुको अध्यक्षमा कडरिया र महासचिवमा धामी, अन्य पदमा को को विजयी भए [सूचीसहित]
डा. सुजन कडरिया ।

काठमाडौं - एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले नयाँ नेतृत्व पाएको छ । उक्त संगठनको अध्यक्षमा डा. सुजन कडरिया विजयी भएका छन् । महासचिवमा भने दीपक धामी निर्वाचित भए ।

अनेरास्ववियुको २४औँ राष्ट्रिय महाधिवेशनमार्फत अध्यक्षमा कडरियाले ७३२ मत प्राप्त गरेका थिए । प्रतिस्पर्धी प्रकाश पौडेलले भने ७२५ मत पाए ।

उपाध्यक्षमा अञ्जना सिवाकोटी र विकास श्रेष्ठ विजयी भए । उपमहासचिवमा कमल जोशी विजयी भए भने सचिवमा आकाश घर्ती, रचना सापकोटा, गोपाल नेपाल र ससीम बाबु खाम विजयी भए ।

विद्युतीय मेसिनमार्फत भएको मतदान १५५१ मतदाता रहेकोमा १४५० मत खसेको थियो । निर्वाचन समितिले सम्पूर्ण नतिजाको अन्तिम तयारी गरेको छ ।    

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  ११:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update