Harsamaya
एयर इन्डियाको यात्रुवाहक विमान दुर्घटनाग्रस्त
एयर इन्डियाको यात्रुवाहक विमान दुर्घटनाग्रस्त ।

काठमाडौं । भारतको गुजरातको अहमदाबादमा एयर इन्डियाको यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको छ । 

दमकलका गाडीहरू दुर्घटनास्थलमा पुगेका छन्। अहमदाबादको अग्निशमन विभागले घटनाको पुष्टि गरेको छ। विमानमा २४३ यात्रु सवार थिए ।

अहमदाबाद विमानस्थलको टर्मिनल-१ प्रबन्धकले बीबीसीलाई बताएअनुसार विमानस्थल क्षेत्र बाहिर धुवाँ देखिएको थियो, त्यसपछि सम्पूर्ण टोली अनुसन्धानको लागि घटनास्थलमा गएको छ। 

यद्यपि, बाहिर आएका तस्वीरहरूमा विमानमा आगो र धुवाँ देख्न सकिन्छ। 

एयर इन्डियाले एक्समा लेखेको छ,‘अहमदाबाद-लन्डन ग्याटविक उडान गरिरहेको उडान नम्बर AI171 आज, १२ जुन २०२५ मा दुर्घटनाग्रस्त भयो।’

प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२  १४:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update