Harsamaya
सुनचाँदी व्यवसायीहरूले गरे विरोध प्रदर्शन, पसलमै राखियो कालो ब्यानर
सुनचाँदी पसलमा कालो ब्यानर ।

काठमाडौं - सुनचाँदी व्यवसायीहरूले सुनचाँदी गहनामा लगाइएको विलासीता कर फिर्ता लिन माग गर्दै विरोध प्रदर्शन गरेका छन् ।

बिहीबार नेपाल सुनचाँदी व्यवसायी तथा कालिगड संघर्ष समितिले सुनचाँदी गहनामा लगाइएको अनावश्यक करको फिर्ता लिन माग गर्दै काठमाडौंको न्यूरोड क्षेत्रमा प्रदर्शन गरेका हुन् ।

बजेटमा अव्यवहारिक र अनावश्यक रूपमा २ प्रतिशत विलासी करको व्यवस्था गरिएकाले यसलाई खारेज गर्नुपर्ने उनीहरूको भनाइ छ ।

उनीहरूले सुनचाँदीमा लगाएको विलासीता कर खारेज गर, सुनको भन्सार ६ प्रतिशत लागु गर,सुन चाँदी कारोबारको लागि प्रष्ट नीति नियमावली निर्माण गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

व्यवसायीहरूले देशभरका आफ्ना पसलमा कालो ब्यानर राखेर कतिपय ठाउँमै पसल नै बन्द समेत गरेका छन् । उनीहरूले आजै जिल्ला प्रशासन कार्यालयमा गएर ज्ञापन पत्र समेत बुझाएका छन् । 

प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२  १३:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update