Harsamaya
कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव, यी प्रदेशमा हुनेछ वर्षा
सांकेतिक तस्वीर: हर समय/Har samaya

काठमाडौं - हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, बाग्मती प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू-भागमा मुख्यतया सफा देखि आंशिक बदली रहेको छ। कोशी प्रदेश, मधेश प्रदेश, बाग्मती प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहनेछ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

कोशी प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशका उच्च-पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र  हिमपातको सम्भावना रहेको छ ।

आज राती भने कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू-भागमा मुख्यतया सफा देखि आंशिक बदली रहनेछ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरू तथा बाँकी उच्च-पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र  हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।


 

प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२  ०६:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update