Harsamaya
शारीरिक सुगठन टोली आज भुटान जादैँ
१५ औँ दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोट्र्स च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली आज भुटान जाँदै ।

काठमाडौं - भुटानमा हुने १५ औँ दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोट्र्स च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली आज भुटान जाने भएका छन् । 

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले १५ औँ दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोट्र्स च्याम्पियनसिपमा सहभागी हुने ५ खेलाडीसहित १० सदस्यीय टोलीलाई मंगलबार एक कार्यक्रमबिच बिदाइ गरेका हुन् । 

आज (जेठ २८)देखि असार १ गतेसम्म प्रतियोगिता भुटानको थिम्पुमा हुदैँ छ । खेलाडीमा शरद सुवाल, प्रनेश श्रेष्ठ, औतार श्रेष्ठ, उर्मिला श्रेष्ठ र शिला ठकुरी रहेका छन् ।

अफिसियलमा दिनेशकुमार राजभण्डारी, व्यवस्थापकमा सुरेश सुवेदी, प्रशिक्षकमा रुजेश शाही, निर्णायकमा दीपेन्द्रकुमार प्याकुरेल तथा सहयोगीमा रमेश श्रेष्ठ र बालमुकुन्द अवाल छन् ।

प्रकाशित मिति: बुधबार, जेठ २८, २०८२  ०८:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update