Harsamaya
आज यी प्रदेशमा हुनेछ  मेघगर्जन र चट्याङ सहित वर्षा
सांकेतिक तस्वीर: हर समय/Har samaya

काठमाडौं - हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू-भागमा मुख्यतया सफा देखि आंशिक बदली रहेको छ।

कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको भइरहेको  महाशाखाले जनाएको छ । महाशाखा अनुसार आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहनेछ। देशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च-पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

आज राती भने देशभर आंशिक देखि साधरणतया बदली रहनेछ। देशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च-पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र  हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित मिति: बुधबार, जेठ २८, २०८२  ०६:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update