Harsamaya

काठमाडौं - मुक्ता एन्ड विनय क्रियसनको पहिलो प्रस्तुति रोमान्टिक डान्सिङ गीत  ‘सहीछाप’सार्वजनिक भएको छ। डा .विनय दाहाल र मुक्ता पान्डेको युगल स्वरमा रहेको गीतमा गीतकार  डिपी खनालको शब्दरचना र देवेन्द्र बरालको संगीत रहेको छ। गीतलाई विश्व अधिकारीले एरेन्ज गरेका हुन्।

पछिल्लो समयका हिट म्युजिक भिडियो जोडी सुरेश कोहली र सजना गुरुङको अभिनय रहेको भिडियोमा नवराज उप्रेतीको सिनेमाटोग्राफी र मनोज कार्कीको सम्पादन रहेको छ। भिडियोलाई चर्चित निर्देशक मौसम हिमालीले निर्देशन गरेका हुन।

लामो समय देखि अमेरिकामा रहेर पेशाले चिकित्सक रहेका डा. विनय  र पेशाले अधिवक्ता रहेकी मुक्ता गीत गायनमा पनि उत्तिकै अब्बल बन्ने कोसिसमा रहेकी छिन् । यसअघि मुक्ता पान्डेद्वारा गाइएको धेरै कभर गीतहरूलाई सामाजिक संजाल फेसबुकमा धेरै रुचाइएको थियो। ‘सहीछाप’ गीतलाई पनि यसअघिका कभर गीतहरू जस्तै दर्शकले मन पराउनेमा मुक्ता विश्वस्त रहेकी छिन्। 

प्रकाशित मिति: मंगलबार, जेठ २७, २०८२  २२:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update