प्रतिनिधि सभाको बैठक आधा घण्टाका लागि स्थगित

काठमाडौं - प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । संसद बैठक सुरु हुनासाथ प्रतिपक्षी सांसदले उठेर नारावाजी गर्न थालेपछि बैठक स्थगित भएको हो ।
बैठक आधा घण्टाका लागि स्थगित भएको सभामुख देवराज घिमिरेले जानकारी दिएका हुन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता रहेको भन्दै गृहमन्त्रीको राजीनामा माग्दै प्रतिपक्षीले संसद अवरुद्ध गरिरहेका छन् ।
प्रकाशित मिति: सोमबार, जेठ २६, २०८२ १५:४३
प्रतिक्रिया दिनुहोस्