
काठमाडौं - नेपाली काङ्ग्रेसका उपसभापति, पूर्वमन्त्री धनराज गुरुङले महान् व्यक्तिले कहिल्यै पनि आशा नगर्ने बताएका छन् ।
नेपाली काङ्ग्रेस केन्द्रीय पार्टी कार्यालय सानेपामा आइतबार आयोजित नेपाल प्रजातन्त्र सेनानी स्वा.हेमराज अधिकारी (शास्त्री) को १३औं दिनको पुण्य तिथिमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै पूर्वमन्त्री गुरुङले त्याग र तपस्याको मूल्य नहुने भन्दै महान् व्यक्तिले त्याग तपस्याको कहिल्यै मूल्य नखोज्ने बताए ।
स्वर्गीय शास्त्रीको सम्झना गर्दै पूर्वमन्त्री गुरुङले उहाँ जस्तै महान योद्धाका कारण पार्टी आज यो स्थानमा पुगेको बताए । उनले भने ‘शास्त्री जस्तै योद्धाका कारण पार्टी आज यो स्थानमा छ त्यसैले उहाँहरुलाई कहिल्यै भुल्न सकिँदैन ।’
प्राप्तिका लागि योगदान नगरिएपनि पार्टी भित्र उचित व्यवस्थापन भने आवश्यक रहेको उनको भनाइ थियो । उनले भने ‘कसैलाई भारी बिसाउन नपाउदै पदको भारी कसैले भने जिबनभर केही नपाउने ।’
काङ्ग्रेस सुन्दर बनाउन सके मात्र महान् योद्धा सहिद सहिदहरूको योगदान पुरा हुने भन्दै पूर्व मन्त्री गुरुङले नेपाली काङ्ग्रेस पार्टी सुन्दर बनाउन लाग्न सबैलाई आग्रह समेत गरे ।