Harsamaya

काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले प्रारम्भिक बालविकास शिक्षा सम्बन्धि दस्तावेजमा नै भ्रम भएको बताएका छन् । 

संघीय सांसदहरुको सहकार्य समन्वय समूहले शनिबार आयोजना गरेको प्रारम्भिक बालविकास सम्बन्धी परामर्श कार्यक्रममा बोल्दै उनले (इसिडि) प्रारम्भिक बालविकासलाई आधारभुत शिक्षासँग जोड्ने कि नजोड्ने भनी स्पष्ट नभएको बताएका हुन् । 

‘हाम्रो शिक्षा सम्बन्धी डकुमेन्टमा भ्रम छ । शिक्षा नीतिमा के लेखेको छ भने एकदेखि आठ कक्षासम्म आधारभूत भनिएको छ । अर्को कुनै दस्तावेजमा हेर्नुहोस एक वर्ष इसिडिदेखी आठसम्म आधारभुत भनिएको छ त्यो पनि सरकारकै दस्तावेजमा । त्यसैले सबैभन्दा पहिला हामी स्पष्ट हुनुपर्छ इसीडी अथवा प्रारम्भिक बालविकासलाई औपचारिक शिक्षासँग जोड्ने कि नजोड्ने,’उनले भने । 

उनले नीतिगत रुपमा नै प्रारम्भिक बालविकासलाई विद्यालय शिक्षाबाट अलगै बनाइ छुट्टै विषयको रुपमा अगाडि बढाउनुपर्ने बताए । उनले शिक्षा सम्बन्धी कानुन बनाउँदा नेपाल सरकारको शिक्षा नीति र रणनीतिको आधारमा बनाउनुपर्ने बताए । 

प्रकाशित मिति: शनिबार, जेठ २४, २०८२  २०:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update