ललितपुरमा बाटो चौडा गर्ने क्रममा बिजुलीको पोल ढलेर एकजनाको मृत्यु
                            
                            
                                                        
                                                     
                                                            काठमाडौं - ललितपुरमा बाटो चौडा गर्ने क्रममा बिजुलीको पोल ढलेर एक जनाको मृत्यु भएको छ ।
गोदावरी नगरपालिका–१४ ठैबबाट सानागाउँ जाने बाटो बनाउँदा जेसीबीले पोल उठाउँदा सो पोलले लागेर ५८ वर्षीय रमेश खड्गीको मृत्यु भएको हो । मृत्यु भएपछि स्थानीयले टायर बालेर ठैब क्षेत्रमा प्रदर्शन गरेका छन् । मृतक खड्गी ठैबका स्थानीय हुन् ।
सातदोबाटोबाट गोदावरी जाने बाटो स्थानीयले अवरुद्ध गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले जानकारी दिए ।
उनले भने, ‘जेसिबीका चालकलाई पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याउँछौँ ।’
प्रकाशित मिति: बुधबार, जेठ २१, २०८२  १५:१७
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    

 
                                                ![मेनस्ट्रीमका मिडियाले मेरो सामूहिक बलात्कार र हत्या गरे : खगेन्द्र सुनार [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/350X220/Khagendra-1761903117.jpg) 
                                                 
                                                ![जेनजी विद्रोह राजनीतिक कारण मात्र नभइ कर्मचारी प्रशासनको कमजोरी पनि हो : महासचिव प्रकाश राई [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/350X220/prakasha-rai-1761838689.jpg) 
                                                 
                     
                     
                     
                     
                     
                    