Harsamaya
आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस

काठमाडौं -  आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस ।  २०६८ साल देखि मनाउन थालिएको यो दिवस आज पनि विभिन्न कार्यक्रम गरी मनाईदैँ छ ।  २०६३ साल जेठ २१ गते सरकारले  नेपाललाई जातीय छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको थियो । त्यही दिनको स्मरणमा यो दिवस मनाउने गरिन्छ ।

नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको १८ वर्ष बितिसक्दा पनि व्यवहारमा भने पूर्णपुरमा कार्यान्वयन हुन सकेको छैन । अहिले पनि बेलाबेला जातीय विभेदका घटना भइरहेका छन् । 

कानूनले नै जातीय छुवाछूतलाई दण्डनीय अपराध हो । नेपालको संविधानले नै सबै जातजाति, भाषा भाषी, वर्ग र समुदायको हक अधिकार सुनिश्चित गर्दै समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प गरेको छ ।

प्रकाशित मिति: बुधबार, जेठ २१, २०८२  ०७:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update