Harsamaya
राजावादीहरुको प्रदर्शन आज सिफलचौरमा
राजावादीहरुले आज सिफलचौरमा प्रदर्शन गर्ने ।

काठमाडौं -आन्दोलनरत राजावादीहरूले आज काठमाडौंको सिफल चौरमा राजसंस्था र हिन्दु राज्य पुनर्स्थापनाको मागसहित  प्रदर्शन गर्दै छन् । राजावादीहरूको आन्दोलनको नेतृत्व गर्दै आएको संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आज दिउँसो २ बजे सिफल चौरबाट प्रदर्शन सुरु हुने जानकारी दिएका छन्  ।

जेठ १९ गते नारायणहिटी दरबार हत्याकाण्ड भएको स्मृतिमा शोक मनाउन भन्दै प्रदर्शन नगरेका राजावादीहरूले आज भने प्रदर्शन गर्ने जनाएका छन् । राजावादीहरूले गणतन्त्र घोषणा भएको दिन जेठ १५ गतेदेखि प्रदर्शन गर्दै आएका छन् । यो आन्दोलन राजसंस्था र हिन्दु राज्य पुनर्स्थापना नभएसम्म जारी रहने उनीहरूले बताएका छन् । उनीहरूले सोमबार बेलुका दिवंगत राजपरिवारका सदस्यहरूको स्मृतिमा कमलादीस्थित गणेश मन्दिर परिसरमा दीप प्रज्वलन गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२  ०८:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update