Harsamaya
पेट्रोलमा लिटरको २ रुपैयाँ, डिजेल र मट्टीतेलमा १ रुपैयाँ बढ्यो
प्रतिकात्मक तस्वीर ।

काठमाडौं - पेट्रोलियम पदार्थको मूल्य बढेको छ ।  

नयाँ मूल्य अनुसार पेट्रोलमा २ रुपैयाँ र डिजेल र मट्टीतेलमा १ रुपैयाँ बढेको नेपाल आयल निगमले जनाएको छ ।  त्यस्तै हवाई इन्धन भने २ रुपैयाँ ५७ पैसाले घटेर आएको निगमले जनाएको छ । 

निगमले आजै राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको नयाँ खुद्रा बिक्री मूल्य लागू हुने जनाएको छ ।

Screenshot-2025-05-31-212213-1748705857.png

प्रकाशित मिति: शनिबार, जेठ १७, २०८२  २१:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update