Harsamaya
पोखरामा ‘राइड सेयरिङ’लाई मान्यता दिएकोमा विरोध, यातायात प्रभावित
पोखरा ।

काठमाडौं - गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’लाई कानुनी मान्यता दिएको विरोधमा व्यवसायीले शनिबार पनि पोखरामा आन्दोलन जारी राखेका छन् ।

शुक्रबारदेखि त्यसको विरोधमा उत्रेका यातायात व्यवसायीहरूको आन्दोलन शनिबार पनि जारी छ । आन्दोलनमा कारण पोखरामा कम संख्यामा सवारी साधन गुडेका छन् । 

प्रदेश सरकारले प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७६ को दफा १३ को प्रयोजनको लागि दफा २२१ ले दिएको अधिकार प्रयोग गर्दै वैशाख अन्तिममा राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली, २०८२ जारी गदै राजपत्रमा प्रकाशित गरेको थियो ।

गण्डकीमा राइड सेयरिङ वा सेल्फ ड्राइभले कानुनी मान्यता पाएपछि त्यसको विरोधमा यातायात व्यवसायी उत्रेका हुन् । तीन सूत्रीय माग राख्दै यातायात व्यवसायीले सार्वजनिक यातायात बचाउ संघर्ष समिति २०८२ गठन गरेका छन् ।

सोही संघर्ष समितिले शुक्रबारदेखि गण्डकी प्रदेशमा सार्वजनिक यातायात बन्द गरेका छन् भने माग पुरा नभए १९ गतेदेखि देशभर यातायात बन्द गर्ने बताएका छन् । बन्दको प्रभाव सामान्य परेको छ ।
 

प्रकाशित मिति: शनिबार, जेठ १७, २०८२  १४:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update