दरबार संग्रहालय क्षेत्रमा आजदेखि पाँच जनाभन्दा बढी भेला हुन नपाउने

काठमाडौं - सरकारले नारायणहिटी दरबार संग्रहालय क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार एक सूचना जारी गर्दै आज (जेठ १७) देखि असार २४ गतेसम्मका निषेधाज्ञा जारी गरेको हो ।
जिल्ला सुरक्षा समितिको बैठकले ५ जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको सूचनामा उल्लेख छ ।
सूचनामा केशरमहल चोकदेखि नारायणहिटी दरबार संग्रहालायको दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म र महेन्द्र शालिक हुँदै नारायणहिटी दरबार संग्रहालयको दक्षिण गेटसम्म निषेधको आदेश जारी गरिएको उल्लेख छ।
राजावादीहरुको आन्दोलनलाई लक्षित गर्दै सरकारले निषेधाज्ञा जारी गरेको हो । राजावादीहरुले जेठ १५ देखि राजा फर्काउने आन्दोलन सुरु गरेका छन् ।
प्रकाशित मिति: शनिबार, जेठ १७, २०८२ ०६:२९
प्रतिक्रिया दिनुहोस्