Harsamaya
बाँसको भाटा र लाठ्ठी प्रहार गरेर हत्या 
प्रतिकात्मक तस्वीर ।

सोलुखुम्बु - महाकुलुङ गाउँपालिका–२ चङ्खीदो बस्ने ४० वर्षीय प्रेम कुमार कुलुङ राईको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २६ वर्षीय रघु कुलुङ राईलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

रघुले आफ्नै घरमा प्रेम कुमारलाई बिहीबार राति बाँसको भाटा र लाठ्ठी प्रहार गरेर गम्भीर घाइते बनाएका थिए । उपचारको लागि महाकुलुङ आधारभूत अस्पताल बुङ लगिएकोमा उनको उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको हो ।

सो खबर प्राप्त हुनासाथ प्रहरी चौकी बुङबाट खटिएको प्रहरीले रघुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२  १६:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update