Harsamaya

काठमाडौं - कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले आलुको बिउँका लागि राख्ने कोल्ड स्टोरहरू बन्द हुने अवस्थामा पुगेको बताएका छन् ।  शुक्रबार दोस्रो आलु शिखर सम्मेलन २०२५ लाई सम्बोधन गर्दै उनले देशभरी थुप्रै कोल्ड स्टोरहरू खुलेका तर बन्द हुने अवस्थामा पुगेको बताएका हुन् । 

उनले भने, ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण अन्तर्गत १७ वटा जोन रहेका छन् । यस पटक धेरै ठाउँमा वृद्धि गर्नका लागि प्रस्तावहरू आएका छन् । आलुको जोन बनाउन निवेदन आएको छ । देशभरि थुप्रै कोल्ड स्टोरहरू खुलेका छन् । कोल्ड स्टोरका अध्यक्षहरू यतै हुनुहुन्छ । पैसा तिर्न सकेको छैन । कोल्ड स्टोरहरू डुब्ने अवस्थामा पुगेका छन् । त्यसको व्यवस्थापनमा जोड दिनुपर्ने छ ।’

उनले नेपालमा आलु उत्पादनका लागि सरकारले मात्र नभइ सबैको साझा प्रयास जरुरी रहेको बताए  । मन्त्री अधिकारीले नेपाल आलुमा आत्मनिर्भर हुन उत्पादकत्वमा वृद्धि गनुपर्ने पनि बताए ।  
  
‘आलुले कृषिको कुल ग्राहस्त उत्पादनको ६.३५ प्रतिशत योगदान गरेको छ । मागको ९० प्रतिशत खपतले आन्तरिक उत्पादनको भूमिका रहेको छ । नेपाल आलुमा आत्मनिर्भर हुन हालको उत्पादकत्व १७.२० मेट्रिक टन प्रतिहेक्टरलाई बृद्धि गरी १८.४६ मेट्रिक टनमा पुर्याउन आवश्यक देखिन्छ,’उनले भने । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२  १५:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update