बजेट खर्च हुने आधारहरू देखिदैन : सांसद वाग्ले

काठमाडौं - रास्वपाका उपसभापति तथा सांसद स्वर्णिम वाग्लेले सरकारले ल्याएको १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याए पनि १५/१६ खर्ब भन्दा बढी खर्च हुने आधारहरू नभएको बताएका छन् ।
बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अंकको स्वरूप र विश्वसनीयता पुरानै कुराको निरन्तरता हुन्छ कि भन्ने डर आफूहरूलाई लागेको बताए ।
उनले भने,‘सरकारले ल्याएको बजेट धेरै उत्ताउलो र गैरजिम्मेदार छैन। तर घाँटी हेरेर हाड निल्नुपर्ने अवस्था छ । अर्थमन्त्रीले १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याउनुभएको छ। तर यो पनि १५/१६ खर्बभन्दा बढी खर्च हुने आधारहरु छैन् ।अङ्कको स्वरूप र विश्वसनीयता पुरानै कुराको निरन्तरता हुन्छ कि भन्ने डर लागेको छ ।’ राजस्वका विभिन्न कुराहरू पनि पत्यारिलो नभएको उनको भनाइ छ ।
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२ १९:२७
प्रतिक्रिया दिनुहोस्