Harsamaya
यस वर्ष ४.६१ प्रतिशत आर्थिक वृद्धिदर हुने 
संसदमा बजेट पेश गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेल ।

काठमाडौं -  अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस वर्ष ४.६१ प्रतिशत आर्थिक वृद्धिदर हुने जानकारी गराएका छन् । चालु आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण संघीय संसदमा पेस गर्दै उनले मधेश, कोशी, सुदूरपश्चिम बाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा माथि रहने जानकारी दिए । अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने उनले बताए । कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा कृषिको योगदान २५.१६ प्रतिशत रहेको समेत उनले जानकारी दिए । मुद्रास्फीति ४.७२ प्रतिशत रहने अनुमान गरिएको छ । फागुन २०८१ सम्म सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब पुगेको समेत उनले जानकारी दिए । वित्तीय पहुँच बढेको र सबै स्थानीय तहमा बैंकको शाखा पुगेको समेत उनले जानकारी दिए

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १५:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update