२० लाख ४९ हजार बढी कृषक घरधुरी सूचीकृत

काठमाडौं - नेपालमा २० लाख ४९ हजार बढी कृषक घरधुरी सूचीकृत भएका छन् । किसान सूचीकरण प्रणाली व्यवस्थापन तथा सञ्चालन निर्देशिका, २०८१ कार्यान्वयनमा आएसँगै कृषक घरधुरी सूचीकृत हुन थालेका हुन् । चालु आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण अनुसार फागुनसम्म यस प्रणालीमा किसान सूचीकृत संख्या २० लाख नाघेको हो । सर्वेक्षण अनुसार हालसम्म ५६ पालिकामा कृषक घरधुरी सूचीकरण कार्य सम्पन्न भएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२ १५:३७
प्रतिक्रिया दिनुहोस्